एमालेसँग एकताको कुनै सम्भावना छैन : नेपाल

चैत २०, २०७८


चैत २०, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेकपा नेपालले एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।धनगढी स्थित पार्टी कार्यालयमा आज आइतबार बिहान आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, एमालेसँग एकताको कुनै सम्भावना छैन ।

पत्रकारहरुले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलाउन चीनले प्रयास गरिरहेको भन्दै अध्यक्ष नेपाललाई एमाले सँगको एकताबारे जिज्ञासा राखेका थिए । उनले एमाले अध्यक्ष केपी ओली ओलीलाई संकेत गर्दै दिमाग खुस्केको मान्छे ले जे पायो त्यही बोल्ने गरिरहेको बताए । तर जसले जे भने पनि केही फरक नपर्ने उनको भनाइ थियो । हात्ती हिँड्दै गर्छ भुक्नेहरु भुक्तै गर्छन् उनले भने।

सत्ता गठबन्धन दलबीच तलैसम्म तालमेल हुने भएपछि जनतामा उत्साह थपिएको उल्लेख गर्दै उनले विरोधी शक्तिहरु छटपटाउन थालेको अत्तालिएको बताए । जनवामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर चुनावमा जाने सहमति भएपछि जनविरोधीहरूको मुख चाउरिएको छ उनीहरूको निद्रा हराम भएको छ, उनले भने ।