एमालेबाट मेयर निर्वाचित अशोक चन्द एकिकृत समाजवादीमा प्रवेश

चैत २०, २०७८


चैत २०, कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द सहितका जनप्रतिनिधिहरु नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका मेयरसहितका जनप्रतिनिधिहरु एमाले परित्याग गरी एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरे । गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।