जसले एमाले सरकार ढाल्यो, उसैसँगै गठबन्धन कसरी हुनसक्छ : ईश्वर पोखरेल

चैत २१, २०७८


चैत २१, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगमी स्थानीय निर्वाचनमा आफ्नै नेतृत्वको सरकार ढाल्नेहरुसँग गगबन्धन गर्न नसकिने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले भरतपुरमा गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले एमाले कुनै गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारे ।

एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउनेहरू सँग फेरि कसरी गठबन्धन हुनसक्छ, उनले भने । उनले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसै सँग तालमेल हुन सक्ने बताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाल गायतका नेताहरुसँग भएको भेटबारे सोधिएको प्रश्नमा उनले भेटघाट सामान्य भएको पनि बताए ।