तुलसीपुर– ३ मा अध्यक्षका आकाँन्छिहरुको नाम छ्नौट
चैत २१, २०७८
तुलसीपुर, २१ चैत । नेपाली काँग्रेस तुलसीपुर– ३ वडा इकाई समितिले वडाध्यक्षका सम्भावित उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । सोमवार बसेको बैठकले १३ जना आकाँन्छिहरु मध्यबाट छर्नोट गरि ४ जना अध्यक्षहरुका आकाँन्छिको नाम टुङ्गोे लगाएको हो । जसमा तर्णबहादुर खड्का (राजन), खेमराज महतरा, मानबहादुर गुरुङ्ग र विष्णु मल्लको नाम छर्नोट गरेको छर्नोट समितिका सदस्य तथा काँग्रेसका नेता कृष्णकुमार गिरीले जानकारी दिएका छन् ।
वडा इकाई सभापति झुपलाल वली को संयोजकत्वमा कृष्ण कुमार गिरी र चन्द्रकान्त खरेल सदस्य रहेको उम्मेदवार छर्नोट समिति गठन गरेको थियो । त्यस्तै दलित महिलामा एक जना श्रृजना टमाटाको नाम पनि सर्वसहमत बाट टुङ्गो लागेको छ । अन्य सदस्यहरु भने टुङ्गो लागेको छैन् ।






