९९ जना मोतियाविन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया
चैत २१, २०७८
चैत २१, रूकुम पश्चिममा भएको निःशुल्क आँखा शिविरमा ९९ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोग, आँखा उपचार केन्द्र सल्ले रूकुम पश्चिमको आयोजनामा दुई दिने शिविरमा ९९ जनाको शल्यक्रिया गरिएको हो । नेपाल सरकारको आर्थिक सहयोग तथा मुसिकोट नगरपालिकाको स्थानीय ब्यबस्थापनमा भएको आँखा शिविरमा ४६६ जनाको आँखा जाँच गरिएको थियो । जस मध्य ९९ जना मोतियाविन्दुका विरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो । नेत्र विशेषज्ञ डा. शुरेस रसाइलीको नेतृत्वमा रहेको प्राविधिक टोलिले सेवा दिएको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिएका छन् । घर आगनमै निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया सेवा पाएकोमा स्थानीयहरुले खुसी व्यक्त गरेका थिए ।






