घोराही–४ मा राप्रपाका बलिया वडा अध्यक्ष पदका उम्मेदवार गोबर्धन थापा

बैशाख १५, २०७९     सन्तोष के.सी.


बैषाख १५, आसन्न स्थानीय तहको निर्वाचन अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.४ मा राष्ट्रिय प्रजातन्त्र पाटि राप्रपा बाट वडा अध्यक्ष पदमा युवा नेता गोबर्धन थापाले आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराउनु भएको छ । समग्र वडाको विकास, समृद्धिका र नमुना वडाका रुपमा विकास गर्नका लागि आफनो उम्मेदवारी रहेको बताउनु भएको छ । विभिन्न संघ संस्थाको सफल नेतृत्व गरी सक्नु भएका थापा लामो समय देखि राजनितिमा सकृय भएर लागि रहनु भएको छ ।

युवा पुष्ता साझ निकै बलियो उपस्थिती बनाएका थापा आफु बलियो उम्मेदावर रहेको र त्यसै कारण पाटिले आफुलाई जिम्मेवारी दिएको बताउनु हुन्छ । आफ्नो क्षमता, लगनशीलता र वडामा रहेर आफुले गरेका सामाजिक काम नै आफनो चुनाव जित्ने आधार भएको बताउनु हुन्छ । आफुले सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको थापा को भनाई छ । युवाहरुमा देखिने लागू पदार्थ दुव्र्यसनि न्युनिकरण, घरेलु हिंसा, लैङ्गिक हिंसा न्युनिकरण, जेष्ठ नागरीक, महिला तथा बालबालिका पुनःस्थापना केन्द्र संचालनमा ल्याउने राप्रपाको केन्द्रिय कार्यक्रम रहेको छ र यसैमा रहेको आफुले पनि काम गर्ने थापा बताउनु हुन्छ ।

आम वडाका स्थानिय वासिलाई घोराही उपमहानगरपालिका वडा नं.४ मा आफनो प्यानलमा रहेका सबै उम्मेदवार हरुलारु लाई राष्ट्रिय प्रजातन्त्र पाटि राप्रपाको चुनाब चिन्ह हलोमा भोट गरि बिजयी बनाउनु हुन सबैमा अनुरोध गर्नु भएको छ । थापाको प्यानल बाट खुल्ला वडा सदस्यमा विनोद कुमार सुवेदी र सुसिल कुमार डाँगी दलित महिला सदस्यमा इन्द्रा खाती र खुल्ला महिला सदस्यमा अनिता चौधरी रहेका छन् ।