चर्चित गायक नितेश जङ कुँवरले गरे व्रतबन्ध

बैशाख ३१, २०७९


चर्चित गायक नितेश जङ कुँवरले व्रतबन्ध गरेका छन् । उनले शनिबार व्रतबन्ध गरेका हुन् ।

सामाजिक संजालमा एक तस्बिर पोष्ट गर्दै उनले आफ्नो व्रतबन्ध भएको जानकारी दिएका छन् । पछिल्लो समय नेपाली पप गायन विधामा आफ्नो छुट्टै गायन शैलीले युवापुस्तामा चर्चित बनेका नितेश । ‘निस्टुरी मोरीले’, ‘हाम्रो नेपालमा’, ‘धोकेबाज’, ‘लै बरी लै’ लगायत थुप्रै गीत हिट रहेका छन् ।