लेखा अधिकृत अधिकारीकाे विदाई कार्यक्रम
जेठ ०६, २०७९
तुलसीपुर, ६ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाको लेखा अधिकृत बासुदेव अधिकारीको विदाई कार्यक्रम सम्पन्न भएको छ । उपमहागनरपालिका लेखाअधिकृतमा ३ बर्ष ९ महिना १३ दिन काम गर्नुभएका अधिकारी अनिवार्य अवकाश भएसंगै एक कार्यक्रमको आयोजना गरेर उहाँको विदाई गरिएको हो । कार्यक्रममा अधिकारीले कार्यसम्पादनको दौरानमा सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गर्नुभएको थियो ।
उपमहानगरपालिका प्रमुख प्रशाकीय अधिकृत मोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन प्रमुख विष्णु आचार्यले गर्नुएको थियो । सो अवसरमा निजामति कर्मचारी संगठन तुलसीपुर नगरकमिटीका सचिव केशवराज डाँगीले विदाइभएर जानलाग्नु भएका अधिकारीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।






