तुलसीपुरमा अब झन्डै ३५ हजार मत गन्न बाँकी, गठबन्धनलाई पछि पार्दै एमाले जितको नजिक

जेठ ०८, २०७९


तुलसीपुर, ८ जेठ ।

तुलसीपुरमा हाल सम्म ३९,८९५ मतगणना भएको छ । गत बैशाख ३० गते र जेठ ३ गते भएको स्थानिय तहको निर्वाचनमा तुलसीपुरमा ७४ हजार ३ सय ३६ मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका अनुसार अब झन्डै ३५ हजार मत गन्न बाँकी रहेको छ । यो समाचार तयार पार्दा सम्म वडा नम्वर १ देखी १० सम्मको वडाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।वडा नम्वर १० को केहि समय अघि मात्रै नतिजा सार्वजनिक गरिएको छ । जसमा गठबन्धनका उमेदवारलाई पराजित गर्दै एमालेका उमेदवार विजयी भएका छन् ।

वडा अध्यक्षमा एमालेका यमराज केसीले गठबन्धनको तर्फबाट कांग्रेसका धुव्र शाहलाई झन्डै दोब्बर मतले पराजित गर्नुभएको छ ।केसीले १८७९ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ भने निकटतम प्रतिद्धन्द्धी गठबन्धनबाट कांग्रेसका शाहले १०२३ मत प्राप्त गर्नुभएको हो । वडामा केसी सहित प्यानल विजयी भएको छ । महिला सदस्यमा भगवती धिताल, दलित महिला सदस्यमा सरु सुनार, खुल्ला सदस्यहरुमा शिस्वर वियोग चौधरी र ज्ञानबहादुर खड्का निर्वाचित हुनु भएको छ ।यस्तैगरी अहिले ११ र १२ को मतगणना भईरहेको छ भने मेयर उपमेयरमा गठबन्धनलाई पछि पार्दै एमालेले अग्रता कायमै राखेको छ ।

यो समाचार तयार पार्दा सम्म मेयरमा एमालेका टिकाराम खड्काले १६,७९६ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १५६३५ मत ल्याएका छन् । एमालेका खड्का गठबन्धनका गिरी भन्दा ११३१ मतले अगाडि रहनु भएको छ ।उपमेयरमा स्यानी चौधरी ४,५४४ मतले अगाडि रहनु भएको छ । सुरु देखी नै अग्रता लिनु भएका चौधरीले हाल १६,०७९मत प्राप्त गर्दा गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले ११,५३५ मत ल्याएका छन् । तुलसीपुर अब सात वटा वडाको गणना सुरु गर्न बाँकी रहेको छ ।अहिले सम्मको मतपरिणाम अनुसार एमाले जितको नजिक पुगेको छ । मेयरमा थोरै मतान्तर भएपनि उपमेयरमा झन्डै पाँच हजारको मतान्तरले एमाले अगाडी रहेको छ ।