रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु
जेठ ११, २०७९
तुलसीपुर, ११ जेठ ।
रोल्पामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको रोल्पा लुङगी्र गाउपालिका सिमिगिठा बस्ने बर्ष ५५ का जिन्नदे घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
बुधबार बिहान ९ बजे लुङगी्र गाउँपालिका २ राजथर देखि कमिरेढिक जाने क्रममा कमिरेढिक भन्ने स्थानमा सडकबाट करिब १५/२० मिटर तल खस्दा उहाको घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।






