दङ्गिशरणका प्रधानाध्यापक द्वारा नब निर्बाचित जन प्रतिनिधिहरुलाई सम्मान

जेठ १३, २०७९     प्रमोद आचार्य


दाङ १३, दङ्गिशरण गाउपालिका शिक्षा साखाको आयोजनामा दङ्गिशरणमा रहेका बिधालयका प्र.अ.हरु सङ्गको प्र.अ.बैठक सप्पन्न भएको छ । बैठकले नब निर्बाचीत जन प्रतिनिधिहरू लाइ बधाइ तथा सम्मान समेत गरेको छ । दङ्गिशरण गाउपालिकाका नब निर्बाचित अध्यक्ष सम्भु गिरिको सभापतित्वमा तथा पालिका उपाध्यक्ष पिमा खड्का वलिको प्रमुख आथित्यतामा बैठ्क सम्पन्न भएको हो । बैठकमा उपस्थित प्र.अ.हरुले शिक्षामा देखियका समस्याहरु र गुणस्तरिय शिक्षाका लागि ५ बर्से योजना समेत सुनाउनु भयको थियो । बैठकमा प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर खड्का, प्रा.स.उमा के.सी.लगायतको उपस्थित रहेको थियो ।बैठकमा प्रमुख अथितिको आसान बाट बोल्दै उपाध्यक्ष पिमा खड्का ले बिधालय सुधारमा प्र.अ.को मात्रै हात नभइ बिधालयका सबै शिक्षक तथा स्टाफ हरु यकरुपताका साथ लाग्नु पर्ने बताउनु भयो । यसैगरी बैठकको सभापतिको आसन वाट बोल्दै पालिका अध्यक्ष सम्भु गिरिले जहाँ बिध्यार्थी त्यहा शिक्षक को अबधारणालाइ जोड दिने बताउनुभयो । अब आफू शिक्षाको सवालमा नया ढङ्गबाट अगाडि बढी उत्कृष्ट बिधालयलाइ पुरुस्क्रुत गर्ने समेत जनाउनुभयो । सरकारी बिधालयलाइ सस्थागत बिधालय सङ्ग प्रतिस्पर्धा गर्न सक्ने बनाउने आफू सङ्ग योजना रहेको र कार्यपालिका पुर्ण भयपछि आफू अगाडि बढ्ने बताउनुभयो । प्रास उमा केसि को स्वागत मन्तब्यबाट सुरु भएको बैठकको सहजीकरण शिक्षा अधिकृत बिनोद अधिकारिले गर्नु भएको थियो ।