तुलसीपुर–८ का जनप्रतिनिधिलाई सम्मान

जेठ २४, २०७९


तुलसीपुर २४ जेठ ।

अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरेर तुलसीपुर उपमहानगरपालिका–८ का वडा अध्यक्ष धर्मराज वली, वडा सदस्यहरु तुलप्रसाद खराल, हस्तबहादुर विक, निमा सार्की, सुमित्रा थरुनीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष धर्मराज वलीले कुनै उपभोक्ता खानेपानीबाट बञ्चित नहुनेगरी धारा बितरण गर्न आग्रह गर्नुृभयो । खानेपानीलाई थप व्यवस्थित गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने बताउँदै आर्थिक अभावकै कारण खानेपानीबाट कुनै पनि निम्न वर्गका उपभोक्ता बञ्चि हुने अवस्था आए धाराका लागि लाग्ने खर्च वडाले व्यहोर्ने बताउनुभयो ।

अस्वारा खानेपानीका अध्यक्षका शिवहरी भण्डारीको अध्यक्षता एवं वडा अध्यक्ष धर्मराज वलीको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका–८ का वडा कमिटी सचिव निमबहादुर खड्का, खानेपानीका पूर्व अध्यक्ष तिलकबहादुर बस्नेत, समितिका सदस्य हेमा डाँगी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण खानेपानीका सचिव ओपेन्द्र बस्नेतले गर्नु भएको थियो ।