लुम्बिनी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

जेठ २५, २०७९


जेठ २५, लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउन लागेको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । यसका लागि आज दिउसो १ बजे प्रदेश सभको बैठक बोलाइएको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउन पर्छ । त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ । पूराना महत्वपूर्ण योजनालाई निरन्तरता दिनुका साथै नयाँ योजना पनि ल्याउन लागिएको जनाइएको छ ।