दाङमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु
जेठ २६, २०७९
तुलसीपुर,२६ जेठ ।
दाङमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका २ बस्ने गोविन्द रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बिहिवार बिहान ४ बजे घोराही देखि रामपुर तर्फ जादैगरेको रा४ प ७२११ नम्बरको मोटरसाइकल सडकबाट अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी घाइते भएका रेग्मीको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा बिहिवार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।






