फ्राइडे रिलिज:अनुप बरालको ‘दोख’आजबाट हलमा
असार २४, २०७९
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि सशस्त्र द्धन्द्धको पृष्ठभूमिमा निर्माण गरिएको अनुप बराल निर्देशत चलचित्र ‘दोख’ प्रदर्शनमा आएको छ।
सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको झगडालाई लिएर चलचित्र बनेको हो । राजन कठेतको कथा रहेको चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।






