रोमानियामा यसरी हुँदैछ फिल्म ‘वर एण्ड वधु’ को छायांकन

साउन १२, २०७९


मिलन चाम्स निर्देशित रोमान्टिक फिल्म ‘वर एण्ड वधु’ को छायांकन अहिले युरोपेली मुलुक रोमानियामा भइरहेको छ । बुधबारसम्म यास सहरमा भइरहेको छायांकन बिहीबार देखि कन्सटंगा सहरमा हुने निर्देशक चाम्सले जानकारी दिए । आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्मको अझै पाँच दिन रोमानियामै छायांकन हुनेछ ।

यसैसाता त्यहाँको सुटिङ सकेर फिल्म क्रिउ काठमाडौं फर्किने तयारीमा छ । यहाँ सुटिङ गर्नु निकै आरामदायी भइरहेको छ । निकै रमाइलो लोकेसनका कारण यो फिल्मले बेन्चमार्क खडा गर्नेछ । आगामी चैत वा वैशाखमा प्रदर्शन तयारी रहेको यो फिल्मले विवाह संस्कृतिलाई चित्रण गर्छ । डा. अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।