ज्ञानज्योती र न्यु होराईजन अन्तर कलेज भलिबलको फाईनलमा भिड्ने

साउन १३, २०७९


लक्ष्मण बस्नेत, १३ दाङ । ज्ञान ज्योती कलेज तुलसिपुर र न्यु हिराईजन बोर्डिङ स्कुअ बुटवल दाङको तुलसिपुरमा जारी अन्तर कलेज भलिबल प्रतियोगिता २०७९ को उपाधिका लागि भिड्ने भएका छन् । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुर दाङको आयोजना संचालित प्रतियोगिताको आज शुक्रबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा अरनिको माबी नुवागाउ रोल्पा लाई २५-१८,२५-११ र २९-२७ को सोझो सेटमा पराजित गर्दै ज्ञान ज्योती कलेज तुलसिपुरले फाईनल यात्रा तय गरेको हो । त्यस्तै मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम लाई ३-१ को सेटमा पराजित गर्दै न्यु होराईजन स्कुल बुटवल रुपन्देहीले फाईनलमा ज्ञान ज्योती संगको भेट पक्का गरेको हो । फाईनल प्रवेश गरेका दुबै टिममा शसक्त र शानदार प्रदर्शन गर्ने खेलाडिको वर्जश्व भएकाले खेल रोमाञ्चक र कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । खेल सनिवार बिहान ११ बजे हुनेछ । त्यस्तै तृतिय स्थानका लागि अरनिको माबी नुवागाउ रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम भिड्ने छ्न् । खेल सनिवार बिहान ८ बजे हुने आयोजकले जानकारी दिएकोछ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर लिब्रो र कोच लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिनु भएको छ ।