नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’

साउन १६, २०७९


फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने भएको छ । भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माताले फिल्म असोज ७ गते रिलिज हुने जनाएका हुन । जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ ।

यसअघि ‘विश्वजीतम्’ शीर्षकमा भारतमा फिल्मलाई रिलिज गर्ने बताइए पनि शीर्षक ‘प्रेमगीत ३’ नै रहने भएको छ । टाइटल पहिलेकै राख्दा व्यावसायिक रुपमा पनि फाइदा हुने देखेपछि सोही निर्णय गरेका हो । निर्माताले महंगो मूल्यमा फिल्मको राइट भारतमा बेचेका हुन् । मधु इन्टटेनमेन्ट र यूएफओले फिल्मलाई नेपालबाहेक विश्वभर रिलिज समेत गर्नेछ । सेप्टेम्बर १ मा हिन्दी संस्करणको ट्रेलर समेत आउने भएको छ ।प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।