प्यूठानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

साउन ३०, २०७९


प्यूठान, ३० साउन । 

प्युठानको नौबहिनी गाउंपालिका –६ बहाने नजिक खहरेखोलामा आईतबार सांझ भएको जीप दुर्घटनामा एकैघरका दुई सहित ३ जनाको मृत्यु भएको छ । प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नंवरको जीप दुर्घटना हुँदा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकी २५ दिने शिशु चेतना बुढा, उहाँकी दिदी ४ बर्षिया करुणा बुढा मगर र सोही ठाउँ निबासी जिप चालक समेत रहेका २५ बर्षिय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिनुभये । दुर्घटनामा १५ जना घाईते भएका छन् । घाईतेको बिजुवार अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । अनियन्त्रीत भई जीप सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।