टिकटकबाट संकलण भएको १ लाख बढी रकम बिरामीलाई सहयोग

भदौ ०१, २०७९


तुलसीपुर,
१-भदौ/ सडक दुर्घटनामा परी गम्भीर घाईते भएकी तुलसीपुर – २, खैरिपुर निवासी ३३ वर्षीया सृजना गिरीको उपचारका लागि टिकटकबाट संकलण भएको रकम हस्तान्तरण गरिएको छ । गत मंसिर २ गते टिप्परको ठक्करबाट गम्भीर घाईते भएकी गिरीलाई सामाजिक संजाल टिकटकको माध्ययमबाट संकलित १ लाख १० हजार रुपैयाँ उपचारका लागि सहयोग गरिएको हो । राजेन्द्र सिंह धामीको विशेष पहलमा देशका विभिन्न स्थानमा रहेका टिकटक लाईभ होस्टरहरु तिर्थराज गौतम, संजय श्रेष्ठ, नारायण बन, रमेश थापा, राजेन्द्र कार्की लगायतको सक्रियतामा संकलण भएको रकम सृजनाको उपचारमा सहयोग पुग्ने उद्देश्यले हस्तान्तरण गरिएको हो ।

संकलित रकम स्थानीय जनप्रतिनिधी, पत्रकार र स्थानीयहरुको उपस्थितिमा दाङकी एसिका देवकोटा र दीपक सापकोटको समन्वयमा एक कार्यक्रमका बिच पीडित सृजनालाई हस्तान्तरण गरिएको हो । सृजनाको अवस्था थाहा पाएपछी टिकटक मार्फत रकम संकलणमा लागेको तुलसीपुर निवासी देवकोटाले बताईन । संकलित रकम हस्तान्तरण गर्दै तुलसीपुर – ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले सृजनाको उपचारका लागि वडाबाट सक्दो सहयोग गर्ने र थप सहयोगका लागि अन्य निकायहरु समक्ष पहल गर्ने बताए । सृजनालाई गत मंसिर २ गते बेलुका परालको भारी बोकेर ओसार्दै गर्दा तुलसीपुर–हापुरे सडकखण्ड अन्तर्गत भमकेखोला पुल नजिकै टिप्परले ठक्कर दिएको थियो । भारी बोकेर हिँडिरहेको अवस्थामा ना १ ख ९१०५ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएपछी सृजना परालको भारीसहित सडकमै लडेकी थिईन ।

ठक्करबाट सृजनाको दाब्रे हात र अनुहारमा गहिरो चोट लाग्यो । त्यसपछी सडकमा छटपटाई रहेकी सृजनालाई टिप्पर ब्याक गरेर फेरी किच्न थाल्यो । उहाँको भाग्न सक्ने अवस्थामा थिएन । त्यसपछी सृजनाको दुबै खुट्रटा माथीबाट टिप्पर चल्यो । स्थानियहरुको सहयोगमा ज्यान त जोगियो तर उनको लागि जिवनभर नबिर्सने तितो क्षण बन्यो । चालकले टिप्पर ब्याक गरेर आफूलाई मार्न खोजेको सृजनाले दुखेसो सुनाइन । उनको दाङ र नेपालगंजमा उपचार पश्चात हाल काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचार भईरहेको छ । ग्राण्डी हस्पिटलमा मात्र विगत तीन महिना देखि उपचाररत सृजनालाई पैसाकै अभावमा अहिले घरमै राखेको सृजनाका ससुरा छबिलाल गिरीले बताए । घरमा भएको सबै पैसा सकिएर जग्गा बेचेर उपचार गरेको र त्यसले पनि नपुगेपछी अहिले घरमै राखेको उनको भनाई छ । दाङ, नेपालगञ्ज, काठमाडौं लगायतका अस्पतालमा उपचार गराउँदा हालसम्म ४५ लाख भन्दा धेरै रुपैयाँ खर्च भइसकेको छ । टिप्पर मालिकले जम्मा १८ लाख मात्रै दिएको र हाल सम्पर्क बिहिन रहेको उनले बताए ।

सृजनाका ३ छोरा छन् । उनको श्रीमान बैदेशिक रोजगारी बाट फर्कीएको केही दिनमै यो घटना भएको थियो । हाल उनी श्रीमतिको साहारा बनेका छन् । विगत नौ महिनादेखि उभिन नसकेकी श्रीमतीको स्याहार सुसारमा आफू लागेपछि कतै काम गर्न र कमाउन जान नपाएको श्रीमान पुष्कर गिरीले बताए । आफ्ना तीन छोरालाई अब कसरी पालन पोषण र शिक्षा दीक्षा दिने भन्ने कुराले सताउन थालेको उनले दुखेसो पोखे । परिवारका अनुसार सृजनाको उपचारमा संलग्न चिकित्सकले दाहिने खुट्टाको मासु काटेर देब्रे खुट्टामा भरेका छन्। हात पाखुराको मासु काटेर फेरि दाहिने खुट्टामा भरेका छन्। गाडी धनी चितवन भरतपुरका ईश्वरी कँडेलले उपचारमा लाग्ने खर्च बेहोर्ने सहमति अनुसार रकम नदिएकोे घरपरिवारको गुनासो छ ।