दाङ क्षेत्र नं. ३ मा मेरो दावी रहन्छ : राज्यमन्त्री हिराचन्द्र केसी

भदौ ६, दाङ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले दाङ क्षेत्र नं. ३ मा उम्मेदवारकालागि आफ्नो दावी रहने बताएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका केसीले यस अघि पनि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वभाविक रुपमा दावी रहने बताए । रिपोर्टस् क्लब दाङको आयोजनामा सोमबार तुलसीपुरमा भएको पत्रकार भेटघाट कार्यक्रमामा उनले गठबन्धनबाटै चुनाबमा जानु पर्ने अबस्था रहेपनि यो क्षेत्रमा आफ्नो शसक्त दावी रहेको बताए । यो क्षेत्रमा मेरो शसक्त दावी रहन्छ, उनले भने म सशक्त ब्यक्ती पनि हुँ, तर, पार्टीको हैसियत अनुसार पनि दिने कुरा होला, गठबन्धनको पनि कुरा छ, त्यसलाई स्वीकार गर्नैपर्छ ।
रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री केसीले टरिगाउँ एयरपोर्टको विकल्प खोज्ने विषय तत्काल आबश्क नभएको समेत बताए । पत्रकारको जिज्ञासामा जवाफ दिदै राज्यमन्त्री केसीले अहिले एयरपोर्टमा बजेट आएकाले त्यसलाई टेन्डर प्रक्रियामा अघि बढाउन भूमिका खेल्ने बताए । अहिले विकल्प कहाँ खोज्ने, उनले भने बरु भएकैलाई स्तरबृद्धि गरौं, यसमा म प्रतिबद्ध छु ।’ यो एयरपोर्टमा ७२ सिटे वा ४२ सिटे जहाज अवतरण गराउन सकिएमा ठूलो राहात हुने समेत उनले बताए । साथै उनले दाङमा १८ वटा डाइलाईसिस मेसिन भित्र्याउन सफल भएको भन्दै ठूलो उपलब्धी भएको थियो । यी मेसिनलाई तत्काल जडानको प्रक्रिया अगाडी बढाउने उनले बताए ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चारसय बेड बनाउनका लागि बजेट पनि विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र समेत आईसकेको राज्यमन्त्री केसीले बताए । साथै उपत्यका भन्दा बाहिर ७ वटा बिशिष्टीकृत अस्पताल बनाउने योजना अनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताए । निकट भबिष्यमा प्रतिष्ठानलाई ६ सय सैयाको बनाउने गरि योजना अघि बढेको समेत उनको भनाई छ । कार्यक्रमको सहजिकरण रिपोर्टस क्लबका महासचिब बिमल गौतमले गरेका थिय ।