नेकपा एसले दाङका तिनवटै निर्वाचन क्षेत्रमा बिशेष प्रशिक्षण गर्ने

दाङ ६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दाङका तिनवटै निर्वाचन क्षेत्रमा बिशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
आज क्षेत्र नं ३ को तुलसीपुर उद्योग बाणिज्य संघको हलमा क्षेत्र नं ३ कि सचिव सुसिला न्यौपानेको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिब भागवत बिस्वासीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा माननीय स्वास्थ्य राज्यमन्त्री एवम पार्टी केन्द्रीय सदस्य हिराचन्द्र केसी सहितका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।
केन्द्रीय परिसद सदस्य लिलाधर डाँगीको स्वागत मन्तव्य वाट सुरू भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव बिश्वासि, स्वास्थ्य राज्य मन्त्री केसी, केन्द्रीय सदस्य तथा दाङ ईन्चार्ज जोग बहादुर राणा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेलबासे लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण कार्यालय सदस्य दिल बहादुर पुनले गर्नुभएको हो ।