नयाँ पोस्टरमा यस्तो देखियो महजोडीको ‘महापुरुष’

भदौ ०७, २०७९


विशिष्ट कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’को मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नव¬–कलाकार अरुण क्षेत्रीले अवसर पाएका छन् । पोस्टरमा अरुणले हरिवंशलाई पछाडि राखेर बाइक कुदाउँदै गरेको देख्न सकिन्छ ।

अगामी कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्ट प्रदर्शन तयारीमा रहेको फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल , अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । षट्कोण आर्ट्स प्रा।लि।को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा निर्माण गरेको थियो ।