क्षेतिग्रस्त अश्वारा खानेपानीकाे प्राविधिक टोलीद्धारा अनुगमण
तुलसीपुर, ६ असोज ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको प्राविधिक टोलीले अश्वारा खानेपानीको स्थलगत अनुगमण गरेको छ । टोलीले बाढीका कारण क्षेतिग्रस्त तुलसीपुर उपमहानगरपालिका–३ स्थित चुनेपहरा मुहानको अनुगमण गरेको हो । प्राविधिकको टोलिले क्षेतिग्रस्त संरचनाको पुनः निर्माणका लागि लागत स्टमेट समेत गरेको छ ।
डिभिजनका इन्जिनियर बसन्त दुलालको नेतृत्वमा प्राविधिक असोक शाह, खानेपानी समितिका अध्यक्ष शिवहरी भण्डारी, सचिव ओपेन्द्र बस्नेत, पूर्व अध्यक्ष तिलक बहादुर बस्नेत लगाएतको टोली क्षेतिग्रस्त थानमा पुगेको थियो ।
गएको भदौ १३ गते भमके खोलामा आएको बाढीले चुनेपहराको मुहान बगाएपछि पानी आपूर्ति अहिले बन्द भएको छ । करिब ६ सय घरधुरी संख्या रहेको आयोजनामा उपभोक्ता समितिले अस्थायी रुपमा खानेपानीको व्यवस्थापन गरेर तत्कालका लागि समस्या टारेको छ । त्यसैगरी खरिबोटमा रहेको मुहान संरक्षणका लागि खोला किनारमा लगाएको जालीमा क्षेति पुगेपछि त्यसको पनि प्राविधिक लागत स्टमेट गरिएको छ । खोलाले धार परिवर्तन गरेपछि अश्वारा गाउँदेखि १३ किलोमिटर उत्तर पहाडी क्षेत्रको खोँचमा रहेको मुहानमा क्षेति पुगेको हो ।









