तुलसीपुरमा मापसे गरेर सवारी चलाउने १८ जना कारबाहीमा

असोज ०७, २०७९


तुलसीपुर, ७ असोज ।

दाङको तुलसीपुरमा गएराति मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८ जना कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाईकल चालक रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख उत्तम जिसीले जानकारी दिनुभयो ।

 कारबाहीमा पर्नेमा मोटरसाईकल चालक १२ वटा, चारपाङ्ग्रे चालक ४ वटा र अटो चालक दुई वटा रहेका छन् । उनिहरुलाई प्रति व्यक्ति एक हजार रुपैयाँका दरले जरिबाना गरेर छोडिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लको नेतृत्वमा तुलसीपुर हापुरे सडक खण्डको पातुखोला पुल नजिकै मापसे चेकजाँच गरिएको थियो । बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि मापसे चेकजाँच र तिब्र गतिमा निगरानी बढाएको डिएसपी मल्लले बताउनुभयो । बेलुकी ८ बजेदेखि राति १० बजेसम्म चेजाँच गरिएको थियो ।