विक्रेत वाली स्थल अनुगमन कार्यक्रम सम्पन्न

देविराम कुसारी
शितलपुर, १६ कार्तिक ।
महिन्द्रा एग्रि सोलशन लिमिटेडको आयोजनामा विक्रेता वाली स्थल अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
तुलसीपुर क्षेत्रका एग्रो सञ्चाल तथा किसानहरुको संयुक्त टोलिदाई तुलसीपुर उप(महानगरपालिकाल ११को उरहरीमाअनुगमन गराईएको लिमिटेडका एरिया म्यानेजर अखिलेस यादवले जानकारी दिनुभएको छ । अनुगमनका क्रममा एम पी ३०३० ९ ःए घण्घण्० धान खेतिको अनुगमन गरिएकोथियो । अनुगमनका क्रममा अन्य धान र एम पि ३०३० धानमा तुलना गर्दा एम पि धान बढि फलेको र रोग कम लागेको पाईएको विटि अग्रोभेटका सञ्चालक निर्मल आचार्यले जानकारी दिनुभयो ।
नयाँ प्रविधि अपनाइएको यो धान अहिले कृषकको रोजाईमा परेको पृथ्वी एग्रोभेटका सञ्चालक बाबुराम बरालले वताउनु भयो । एम पि ३०३० धान लगाउदा किसनले अन्य धान भन्दा बढी आम्दानि लिन सक्ने कम्पनिका जिल्ला प्रमुख शंकर डागीले वताउनुभयो ।
अनुगमनका क्रममा अन्य धान खेती र एम पि ३०३० धान खेतिको प्लटिङ गरि अनुगमन गरिएको थियो ।