नेकपा एमालेको घरदैलो तथा वृहत र्‍याली तुलसीपुरमा

मङि्सर ०१, २०७९


तुलसीपुर,१ मंसिर ।

मंसीर ४ गते हुने प्रधिनिधि र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारको अन्तीम दिन आज नेकपा एमालेले तुलसीपुरमा घरदैलो तथा वृहत र्‍याली सहित प्रदर्शन गरेको छ । बजार क्षेत्रको वडा नम्बर ५ र ६ नम्बरबाट आएका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । एमालेको पार्टि कार्यालय तुलसीपुरबाट सुरु भएको र्‍याली विरेन्द्र चोक,बाहिनी चोक भएर बसपार्क, अरनिको मैदान भएर मदन आश्रित चोकमा आएर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार कोमल वलीले जनताको साथले नै आफु निर्वाचित हुनेमा ढुक्क भएको बताउनु भएको थियो । उहाँले हरेक स्थानमा जादा मतदाताले एमाले प्रति देखाएको माया नै जितको आधार भएको समेत बताउनु भएको थियो ।

यस्तै, प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले गठबन्धनका विरुद्ध जनताहरु आफै जागेर एमाले प्रति आकर्षित भएको बताउनु भएको थियो। उहाँले गठबन्धन स्वार्थका निमित्त भएकोले मंसीर ४ मा हुने निर्वाचन बाट जनताले जवाफ दिने बताउनु भएको थियो । उहाँल आफु नगर प्रमुख हुदा यँहाको जनताको लागी गरेका कामबाट आफु निर्वाचित आधार भएको बताउदै कोरोना महामारीका बेला देखा नपरेका नेताहरु आज निर्वाचनको बेला जनता संग झुठको खेती गर्न थालेको बताउनु भएको थियो । सभाको सहजिकरण नगर सचिव रुप बहादुर खत्रिले गरेका थिए ।