राप्ती बबई क्याम्पसले पायो ‘क्यूएए’

मङि्सर ०२, २०७९


दाङ, २ मंसिर ।
पश्चिम दाङको उच्चतहको शैक्षिक केन्द्रका रुपमा परिचित राप्ती बबई क्याम्पस तुलसीपुरले गुणस्तर सुनिश्चितता प्रत्यायन ९क्यूएए० मुल्याङकनको प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

गएको कात्तिक ३० गते क्याम्पसले क्यूएएको प्रमाणपत्र प्राप्त गरेको हो । देशभरका १ हजार ४ सय ४० क्याम्पस मध्ये यो वर्ष ८२ वटा क्याम्पसले क्यूएए प्राप्त गरेका छन् ।

धेरै चरणहरु पार गरेर राप्ती बबई क्याम्पसले क्यूएए प्राप्त गर्न सफल भएको र यो एउटा एतिहासिक बिजयी रहेको क्याम्पस प्रमुख युवराज रावतले जानकारी दिए ।

क्याम्पसका सबै शिक्षक, विद्यार्थी लगायत विभिन्न क्षेत्रको साथ सहयोग र मेहनतका कारण क्याम्पसले क्यूएए प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख रावतले बताए ।

क्यूएएको प्रमाणपत्र प्राप्त गर्नु मात्रै ठुलो कुरा नभएको बताउँदै क्याम्पस प्रमुख रावतले अब यो गणस्तिरयतालाई कसरी बचाउँने भन्ने अवसरका साथ चुनौति थपिएको बताए ।

आफुहरुले कडा मेहनतका साथ क्याम्पसको गुणस्तिरिएतालाई बचाउने पनि उनले बताए । क्यूएए प्राप्तीको लागि गएको भदौ २१ गतेदेखि २३ गते प्रा। देवराज अधिकारीसहितको तीन सदस्य टोलीले तीनदिनसम्म क्याम्पसको अनुगमन गरेको थियो ।

क्यूएए प्राप्त क्याम्पसको प्रत्येक पाँच पाँच वर्षमा गुणस्तर कायम छ या छैन भनी अनुगमन हुन्छ । क्यूएए प्राप्त गरेका क्याम्पसले क्वालीटिको आधारमा थप अनुदानहरु प्राप्त गर्दछन् । क्यूएए प्राप्त क्याम्पसबाट पास भएर जाने विद्यार्थी प्रति विद्यार्थी ३५ हजारका दरले अनुदान पाउँछन ।