चौथो सातामा ‘महापुरूष’,विदेशमा फिल्मको डिमान्ड उच्च

मङि्सर ०२, २०७९


दाङ। महका ह अर्थात् हरिवंश आचार्य स्टारर फिल्म  ‘महापुरूष’ आजबाट प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दा समेत फिल्मले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ् पाइरहेको छ ।  दर्शकको माया  यथावत रहेकै कारण मल्टिप्लेक्समा फिल्मको शो घट्न पाएको छैन ।

आगामी मङ्सिर ४ गतेको चुनावका कारण कार्तिक १८ पछिका शुक्रबार दर्शकले प्रतीक्षा गरेका फिल्म रिलिज नहुदा यसको प्रत्यक्ष फाइदा समेत ‘महापुरूष’ले उठाउदै आएको छ। फिल्म निर्माण टिमपनी अहिले फिल्मले पाएको सफलताले ढंग छ। ´ फिल्म हेरेर निस्किदा दर्शकमा देखिएको सन्तुष्टीनै हाम्रो सफलता हो’, फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले भने । ‘फिल्म युरोपमा नोभेम्बर २० बाट प्रदर्शन हुँदैछ । अन्य देशमा समेत तयारी छ । फिल्मले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमाण्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

फिल्म हेर्ने जति सबैले नव नायक अरुण क्षेत्रीको अभिनय खुबै तारिफ गरेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् ।