मतदान स्थल अपाङ्गमैत्री बनाउन माग गर्दै ज्ञापन पत्र

मङि्सर ०३, २०७९


तुलसीपुर,३ मंसिर ।
मतदान स्थललाई अपाङ्गमैत्री बनाउन माग गर्दै ज्ञापन पत्र बुझाईएको छ । राप्ती बहिरा संघ दाङको आयोजना तथा ओपन सोसाइटी फाउन्डेसनको सहयोगमा शुक्रबार प्रदेश निर्बाचन कार्यलय घोराहीलाइ ज्ञापन पत्र बुझाएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचनमा अपाङ्गता भएका ब्यक्तिहरुको सहज सरल सहभागीता र अपांगता मैत्री निर्बाचन केन्द्रहरु माग गर्दै प्रदेश निर्बाचन अधिकृत नारायण प्रसाद भण्डारिलाई ज्ञापन पत्र बुझाएको हो।

प्रदेश निर्बाचन अधिकृत नारायण प्रसाद भण्डारीले सकारात्मक प्रतिकृया दिदै निर्बाचन केन्द्रहरु अपांगता मैत्री भएको र अब सके जति बनाउने कोसिस गर्ने बताए । अपांगता भएका ब्यक्तिहरुलाई सहज र सरल वातावरणमा मतदान गर्न सहयोग गर्ने र यो ज्ञापन पत्र निर्वाचन आयोगलाई पनि पठाउने प्रतिबद्धता ब्यक्त गरे ।

राप्ती बहिरा संघ दाङका अध्यक्ष रित चौधरी,राष्ट्रिय अपाङ्ग महासघका कोषाध्यक्ष अजय कुमार शर्मा , अपांग समाज सुधार केन्द्रका सस्थापक अध्यक्ष हुमाकन्त कडेल, सान्केतिक दोभाषे योगमाया योगी र अपांगता अभियान्ता बसन्ती ओलीको सहभागिमा ज्ञापन पत्र बुझाएको हो ।