दाङमा वनपाले मृत फेला

मङि्सर ०३, २०७९


दाङ,३ मंसिर ।
दाङमा एक वनपाले मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार शान्तिनगर गाउँपालिका वडा नं. ४ स्थित सुन्दर सामुदायिक बनका बनपाले ६२ बर्षीय लालबहादुर घर्ती मृत फेला परेका हुन् ।

सोही ठाउँ निवासी उनी बिहान घरबाट वनतर्फ गएका थिए । तर, दिउसोसम्म पनि घर नआएपछि उनको खोजीकाागि घर परिवार तथा आफन्ती जाँदा मृत फेला परेका हुन् । उनको शबलाई परीक्षणकालागि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल ल्याईएको छ ।