महिला जनप्रतिनिधिका लागि नेतृत्व बिकाश सम्बन्धी तालिम दंगीशरणमा सुरु

मङि्सर १८, २०७९


प्रमोद आचार्य । मङ्सिर १८, दंगीशरण गाउँपालिकाको आयोजनामा स्थानिय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरुका लागी उध्घोषण तथा नेतृत्व बिकास सम्बन्धि ४ दिने तालिम आज देखी गाउँपालिकाको शभाहलमा सुरु गरीएको छ ।गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व बिकाशमा टेवा पुर्याउन तालिमको आयोजना गरीएको सामाजिक बिकाश समितीका सयोजक रोशन जङ्ग शाहले बताउनुभयो । गाउँपालिका अध्यक्ष सम्भु गिरीको शभापतीतत्वमा ४ दिने तालिमको आज एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले महिला जनप्रतिनिधिहरुको ब्याक्तित्व बिकास गर्न ४ दिने तालिम फलदायी हुने बिश्वास ब्यक्त गर्नुभयो । राज्यको मुल प्रवाहमा महिला नेतृत्व आउनु पर्ने र महिलाहरुको नेतृत्व विकासमा आफु सदैब सकारात्मक रहेको बताउनुभयो ।उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलि, सामाजिक बिकास समितीका सयोजक रोशन जङ शाह लगाएतको सहभागीता रहेको थियो ।महिला बालबालिका शाखाकि प्रमुख सुन कुमारी घर्तीको स्वागत मन्तब्य बाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण साखाकि महिला बिकाश सहायक निरीक्षक चन्द्रा वलिले गर्नु भएको थियो ।