मेला महोत्सव सञ्चालनका सन्दर्भमा गम्भिर ध्याणाकर्षण

मङि्सर २३, २०७९


मंसिर २३, मेला महोत्सव सञ्चालनका सन्दर्भमा ब्यबसायिहरुको आन्दोलनका क्रमममा मंसिर १५ गते भएको निर्णय अनुसार सहमति कार्यान्वयन नभएको पाईएको छ । मेला स्थलमा सहमति अनुसार हटाउनु पर्ने करिब एक सय बढि फेन्सि, कपडा, भाडा, जुत्ता र प्लाष्टिकका स्टलहरु राखिएका छन । आज शुक्रवार मेयर टिकाराम खडका, प्रहरि, प्रसाशन, बाणिज्य सङघ र सरोकार वालाहरु सहित मेला स्थलमा भएको अनुगमनका क्रममा आयोजक युथ क्लबले सहमतिको पालना नगरेको निष्कर्ष निकालिएको छ ।

मंसिर १५ गतेको सर्बपक्षिय सहमति अनुसार ब्यबसायिक स्टल नराखेर कृषि महोत्सव र सास्कृतिक महोत्सव सञ्चालन गर्नु पर्ने तुलसीपुर उधोग बाणिज्य बाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो । पौष १ गतेदेखि मेला सञ्चालन गर्ने मौखिक निर्णय भएपनि आयोजकले जबर्जस्ति मंसिर २५ गतेदेखि मेला सञ्चालनको तयारी गरेको ब्यबसायिहरुले बताएका छन ।

तुलसीपुर क्षेत्रका ब्यबसायिहरुले यस अघिको निर्णय कार्यान्वयन गराउन नसकेको प्रति फेरि आन्दोलन गर्नुपर्ने अबस्था श्रृजना भएको बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारिले जानकारी दिनुभयो ।