‘२ रुपैयाँ’ का निर्देशक रास्वपाका समानुपातिक सांसद

मङि्सर २५, २०७९


निर्देशक असिम शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधी सभाको समानुपातिक सांसदमा छनोट गरेको छ । यो पार्टीले निर्वाचनमा समानुपातिकतर्फ १३ सिट जितेको थियो । शनिबार निर्वाचन आयोगमा बुझाएको ३ जना सांसदको सूचीमा शाहको नाम पनि समावेश गरिएको छ । मुस्लिम समुदायतर्फबाट शाह सांसद छानिएका हुन् । उनले, फिल्मको निर्देशनको साथै विज्ञापन र म्यूजिक भिडियो पनि निर्देशन गर्दै आएका छन् ।

उनले, नेपाली कला क्षेत्रलाई संसदमा उठाउने बताएका छन् । कला क्षेत्रबाट सांसद बन्ने उनी एक्ला कलाकर्मी बनेका छन् । प्रत्यक्षतर्फ केही कलाकर्मीले निर्वाचन लडेपनि उनीहरुले बिजय हासिल गर्न सकेनन् । समानुपातिकतर्फ पनि केही कलाकर्मीको नाम सिफारिशमा त थियो, तर उनीहरु अन्तिम सूचीमा परेनन् ।