कर्णाली सरकारको नेतृत्व माओवादीले केन्द्रले दाबी गर्ने

पुष ०१, २०७९


मंसिर २९, नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ । बिहीबार सम्पन्न प्रदेश कमिटीको बैठकले कर्णालीमा माओवादी नेतृत्वको सरकार गठन गर्नेगरी गठबन्धनमा सिट बाडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकले २०७४ सालको निर्वाचनको तुलनामा कर्णालीमा समानुपातिक मत वृद्धि भएको निष्कर्ष समेत निकालेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

तुलनात्मक रुपमा यो पटक कर्णालीमा हाम्रो पार्टीको उपस्थिती बलियो रहयो, अध्यक्ष केसीले भनिन्, त्यसैले कर्णाली सरकारको नेतृत्व माओवादीले पाउने गरी गठबन्धनमा सिट बाँडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेका छौं । कर्णाली प्रदेश सभामा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ ।