जुम्ल्याहा दाजु भाइको जन्मदिन आश्रममा

भदौ ०१, २०८०


भाद्र १, तुलसीपुर उपमहानरपालिका वडा नं.७ निवासी नरेन्द्र भण्डारी र टिका खड्काले मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका छन् । जुम्ल्याहा छोरा दिव्य र दृष्टि को शुभ जन्मोत्सव पारेर खाद्यान्न सहयोग गरेका हुन् । आश्रममा चामल, दाल, नुन, तेल, चीनी, साबुन, सरफ, चिउरा, बिस्कुट र फलफूल लगायत सहयोग गरेको बताए ।


सानो उमेरमा बच्चालाई असहाय व्यक्तिहरूलाई सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास गर्न आश्रममा सहयोग गरेको नरेन्द्र भण्डारीले बताए । फजुल खर्च बचत हुने र अभावमा परेका हरुलाई सहयोग हुने हुनाले जन्म उत्सब आश्रम मा मनाउँदा खुसी लागेको आमा टीका खड्काले बताइन् । केक कटाएर जन्मदिन मनाउन पर्छ भन्दा पनि असहाय, दुखी, गरीब, अनाथ भएको ठाउँमा सहयोग गर्नु पर्ने उनीहरूको भनाई छ ।