एनएमबि बैंक तुलसीपुरकाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भदौ ०८, २०८०


तुलसीपुर ८, एनएमबि बैंक तुलसीपुर शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । तुल्सीपुर स्थित राईट पाथ करिअर मा अध्यनरत विद्यार्थीहरुलाइ बित्तीय साक्षरता प्रदान गरेको हो । बैंकका शाखा प्रबन्धक रमेश रेग्मी तथा कर्मचारी सागर न्यौपाने ले सो वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गरेका थिए ।

उनीहरुले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन, आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाताबारे जानकारी, शेयर कारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गरेका थिए । बिशेस गरी शैक्षिक कर्जा र विदेश अध्यन गर्न जादा आई पर्ने प्राबिधिक समस्या र समाधानको विषयमा छलफल भएको छ ।

कार्यक्रममा राईट पाथको तर्फ बाट प्रदिप शर्मा ले आफ्ना भनाई राख्नु भएको थियो । अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद दिदै कार्यक्रम समयसापेक्ष र ब्यवहारिक रहेको बताएका थिए । बित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बताएका थिए ।