‘ज्वाइँ साब’ को प्रि-बुकिङ राम्रो

असोज २३, २०८१


यही बिहीबार फूलपातीको अवसरमा रिलिज हुने नेपाली फिल्म ‘ज्वाइँ साब’ को प्रि-बुकिङ सुरु भएको छ । यो फिल्मका लागि देशभरका प्रमुख मल्टिप्लेक्सहरूले प्रि-बुकिङ खुला गरेका छन् । 

‘ज्वाइँ साब’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्राप्त गरेको छ, जसले सबै उमेरका दर्शकलाई यो फिल्म हेर्न उपयुक्त ठहराएको छ ।  

समाचार तयार गर्दा सम्म ‘ज्वाइँ साब’लाई क्यूएफएक्सले काठमाडौं उपत्यकामा २० शो र उपत्यका बाहिर १८ शो दिएको छ भने । यो फिल्म क्यूएफएक्समा कुल ३९ शो प्रदर्शन हुनेछ । यस्तै दोस्रो ठुलो चेन आईएनआईले फिल्मलाई ६ शो दिएको छ भने अर्को मल्टिप्लेक्स चेन वान सिनेमाजले आफ्ना दुई आउटलेटमा ५ शो उपलब्ध गराएको छ ।यो सङ्ख्या बढ्नेमा वितरत करण श्रेष्ठ ढुक्क छन । 

वसन्त निरौला निर्देशकको रुपमा प्रस्तुत गरिएको छ। फिल्ममा चर्चित कलाकारहरू जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी लगायतका कलाकारको दमदार अभिनय देख्न पाइनेछ। रेड आइ फिल्मसको व्यानरमा निर्मित यस फिल्ममा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङ को लगानी रहेको छ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको ‘ज्वाइँ साब’को कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा लेखन शंकर धिताल, कथा सबिन अधिकारी, छायांकन श्याम तामाङ, एक्सन सञ्जय थापा र संगीत अर्जुन पोखरेल तथा महेश ताम्राकारले दिएका छन्।