ज्ञान ज्याेतिमा रक्तदान कार्यक्रम सम्पन्न

मङि्सर २८, २०८१


मंसिर २८, ज्ञान ज्याेति मा वि तुलसीपुरकाे आयोजनामा आज एक कार्यक्रमकाे आयोजना गरि रक्तदान सम्पन्न गरिएको छ ।

विद्यालयमा भएको रक्तदान कार्यक्रममा फरक दृश्य देखियो` सदै पुरुष रक्तदाता देखिने कार्यक्रममा आज महिलाहरुको उल्लेखनीय उपस्थिती देखियो, रक्तसन्चार केन्द्र तुलसीपुरमा रगतको अभाब भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मनोज कुमार केसीले जानकारी दिनुभयो । ६ जना छात्र र १९ जना छात्रा गरी २५ जना विद्यार्थीहरुले रक्तदान गर्नुभएको थियो ।

रक्तदान गरे कमजोर हुने गलत भर्मको कारन अझै पनि धेरै मानिस रक्तदान गर्न हिचकिचाउने गरेको दाङ रेडक्रसका सदस्य भिम मरासिनिले बताउनुभयो । दाङमा अझै पनि ८५ % पुरुष र १५% महिला रक्तदाता रहेका छन । आजको यो दृश्यले सकारात्मक सन्देश दिएको भन्दै महिलाहरु पनि रक्तदान गर्न उत्साहित भएको पाइएको छ ।

रक्तसंचार केन्द्र तुलसीपुरको प्राबिधिक सहयोगमा ज्ञान ज्योति माध्यमिक विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी र विद्यार्थीहरूकाे रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए ।