ज्ञान ज्योति बन्यो एन प्याब्सन बृहत खेलकुदको च्याम्पियन

पुष १३, २०८१


पुस १२ दाङ । ज्ञान ज्योति मा वि तुलसीपुर एन प्याब्सन दाङ जिल्ला अन्तर विद्यालय स्तरिय बृहत खेलकुद प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ । एन प्याब्सन दाङको आयोजनामा बेल्झुन्डी रंगशालामा सञ्चालित प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र १ कास्य पदक हात पार्दै ज्ञान ज्योति मा वि तुलसीपुर च्याम्पियन बनेको हो ।

त्यस्तै ५ स्वर्ण, ४ रजत र ५ कास्य पदकका साथ मिड वयष्ट प्वाईन्ट एकेडेमी दोस्रो हुदा जनप्रीय बोर्डिङ स्कुल बालापुर ५ स्वर्ण, ४ रजत र ४ कास्य पदकका साथ तृतिय भयो । त्यस्तै अमृत एकेडेमी स्कुल बिजौरी ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पार्दै चौथो स्थान हात पार्दा श्रीगाउ लाईभ भिजन सिम्ठाना २ स्वर्ण र ५ रजतक पदक हात पारेर पाचौ स्थानमा प्राप्त गर्न सफल भयो ।

तीन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका १३ ईभेन्टस्, भलिबल छात्र/ छात्रा तर्फ कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा एन प्याब्सनमा आबद्ध २७ विद्यालयको सहभागिता रहेको थियो ।