घिसिङको नेतृत्वमा प्राधिकरणभित्र छलाङ

फागुन २३, २०८१


फाल्गुन २३, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणमा घिसिङको यो दोस्रो कार्यकाल हो । उनले पहिलो पटक २०७३ भदौ २९ देखि २०७७ भदौ २८ सम्म प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा काम गरेका थिए ।

उनी पछिल्लो पटक २०७८ साउन २५ मा ४ वर्षका लागि नियुक्त भएका थिए । जसका आधारमा उनी आगामी साउनमा बिदाई हुनेछन् । पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङको दोस्रो कार्यकाल पनि निकै सफल देखिन्छ ।

दोस्रो कार्यकालमा घिसिङले नेपाललाई पूर्ण लोडसेडिङ मुक्त मात्रै बनाएका छैनन्, भारतसहित तेस्रो देशमा पनि विद्युत् निर्यात सुरु गरेका छन् । २०७८ कात्तिकदेखि भारत र ०८१ कात्तिकदेखि बंगलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु भएको छ । सँगै, अहिले देशभर पनि ९९ प्रतिशत नागरिकको पहुँचमा विद्युतिकरण भएको छ । जुन उनी आउनुभन्दा अघिसम्म जम्मा ५८ प्रतिशत थियो । तर, ८ वर्षमै उनले दोब्बरले विद्युतीकरण गराए ।

सँगै, उनको नेतृत्वमा रहेको प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । घिसिङ नियुक्त हुनुअघि प्राधिकरण ३४ अर्ब ६१ करोड सञ्चित घाटामा थियो । तर, ८ वर्षको बिचमा उनले घाटालाई पूर्ति गरी प्राधिकरणको सञ्चित नाफा नै ४७ अर्ब ४१ करोडभन्दा बढी पु¥याएका छन् । जसमा चालु आर्थिक वर्षको नाफा समायोजन भएको छैन । चालु आर्थिक वर्षको ६ महिनामै प्राधिकरणले ११ अर्ब ३६ करोड नाफा कमाएको छ ।