अमृत एकेडेमीका कक्षा १० का विद्यार्थीलाई विदाई

फागुन २५, २०८१


फाल्गुन २५, ज्ञानज्योति फाउन्डेसनद्वारा सञ्चालित अमृत एकेडेमी स्कुलले एक कार्यक्रमका बीच कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई गरेको छ । कक्षा ९ मा अध्ययरत छात्रा आशा खड्काको अध्यक्षता तथा विद्यालयका प्रिन्सिपल लीलाधर सिजवाल (प्रताप)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा गरिएको विदाई कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए । कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल नारायण अधिकारी, शिक्षक सुनिल भण्डारी, सुजन कुमार रामजा मगर, त्यस्तै विद्यार्थीको तर्फबाट कक्षा ९ मा अध्ययनरत छात्र सम्राट रोका, कक्षा १० का छात्रा पुनम पुन, प्रेरणा रेग्मीले मन्तव्य राखेका थिए । कक्षा ९ कि छात्रा पूजा गाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण श्रीश्मा थापाले गरेकी थिइन ।