मेरिगोल्डका कक्षा १० का विद्यार्थीलाई बिदाइ

चैत्र १, तुलसीपुर-७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाइ बिदाइ गरिएको छ । विद्यालय जीवनको महत्वपूर्ण समय अध्याय गरि एसइइ दिन लागेका कक्षा १० का विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमकाे आयोजना गरी बिदाइ गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक बासुदेब रिजालले विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गर्दै अनुशासन, मेहनत र इमान्दारिताका साथ अघि बढ्न प्रेरित गर्नुभयो । त्यस्तै कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सोमराज बस्नेतले विद्यार्थीहरूलाई अध्ययन र जीवनका विविध पक्षमा आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गित, लगाएतका विभिन्न प्रस्तुति दिएका थिए । कक्षा ९ मा अध्यनरत छात्रा अनु परियारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कक्षा ९ का छात्राहरू दिया भण्डारी र श्रृजना बुढाथोकीले गरेका थिए ।
