मेरिगोल्ड स्कुलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
जेष्ठ २९, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलले विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई बोल्ने व्यक्तित्वको विकास सँगै मानसिक र नैतिक विकासका लागि प्रतियोगिता गरिएको हाे । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई सहभागी गराई विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा बालश्रम मुक्त समाज, समृद्ध राष्ट्रको आधार भन्ने विषयमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हाे ।
विद्यालयका प्रिन्सिपल वासुदेव रिजालको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ कि छात्रा विपिका केसी प्रथम, कक्षा १० कि छात्रा सिर्जना बुढाथोकी दोस्रो, कक्षा १० कि छात्रा सुलोचना सेजुवाल तेस्रो र कक्षा १० कि छात्रा रीतिका सुवेदी सान्त्वना भएका थिए ।
वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शिक्षिका मथुरा भण्डारी र रश्मी लामिछाने रहनुभएको थियो । भने कार्यक्रमको सहजीकरण शिक्षक विष्णु न्यौपानेले गर्नुभएको थियो ।






