विपद्का बेला कता हराए ५० लाख पारिश्रमिक लिने अनमोल–प्रदिप ?

बैशाख १५, २०७७


सन्तोष के.सी.
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणबाट जोगिन सरकारले जारीराखेको लकडाउनका कारण समस्यामा परेका विभिन्न सिने क्षेत्रका ब्यतिmहरु लाई सहयोगार्थ बिपद कोषमा सहयोग रकम उठ्ने क्रम जारी नै छ । विभिन्न कलाकारहरुले आफुले सम्दो सहयोग गर्दै आएका छन् । केहि दिन अगाडि चर्चित नायक पल शाहले चलचित्रका प्राविधिकलाई राहत दिने कोषका लागि सर्वाधिक पाँच लाख सहयोग गरेका थिए । त्यस्तै चर्चित नायक तथा मोडेल आकाश श्रेष्ठले पनि दाङ तुलसिपुरमा जारी (मेस) मा पैदल यात्रिलाई खाना खुवाउने अभियानमा रु ५१ हजार रुपैया नगद सहयोग गरेका थिए ।
फिल्म ‘चपली हाइट ३’ निर्माता अर्जुन कुमारले कोरोना भाइरस रोकथामका लागि खडा गरिएको कोषमा ५० हजार रुपैया दिने घोषणा गरेका छन । यस विपदको घडिमा दिपक–दिपा समुह, नायिका वर्षा सिवाकोटी लगाएतका फिल्मीकर्मीले सहयोग गरेका छन ।

तर, एउटै फिल्मबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिने गरेको हल्ला पिटाउने नेपाली सुपर स्टार भने विपद्का बेला बेपत्ता छन् । ‘एउटा फिल्म अभिनय र निर्देशनको ५० लाख लिन्छु भन्ने सुपर स्टार र निर्देशक अहिले हराएका जस्तै भएका छन् । नेपाली सहित विश्वनै कोरोना महामारीको उच्च जोखिममा परेको वेला नेपालका महंगा भनिएका कलाकारहरु अनमोल केसी र प्रदिप खड्का भने अझै मौन छन् । नेपाल सरकारले कोरोना कोष स्थापना गरेको छ भने चलचित्र प्राविधिकहरुलाई राहत दिने छुट्टै कोषको पनि कलाकर्मीहरुले व्यवस्था गरेका छन् । तर चर्चित एवं नेपालका सर्वाधिक महगां कलाकारहरु भने यस वारे खासै चासो नदिई लकडाउनमा लुकेर बसेका छन् ।

देशका महंगा भनिएका कलाकारहरुबाट समग्र चलचित्र उद्योगले आशा लिनु स्वभाविक नै हो तर पनि अनमोल र प्रदिप भने सहयोग दिने विषयमा शान्त छन् । एउटै फिल्म बापत ४०/५० लाख माग्ने तर अहिले देश र चलचित्र प्राविधिकहरु अप्ठेरोमा परेको वेला एक रुपैया पनि सहयोग गर्न नसक्ने हाम्रा अनमोल, प्रदिप । भारतमा स्टार कहलिएका थुप्रै कलाकारहरुले करोडौ रुपैया सहयोग गरिरहदा नेपालका महगां एव चर्चित कलाकारहरुले एक रुपैया सहयोग गर्न नसक्नु पक्कै पनि नेपाली चलचित्र उद्योगको लागि दुखद हो ।