बलीउड एक्टर इरफान खानको निधन

बैशाख १७, २०७७


बलीउड एक्टर इरफान खानको निधन भएको छ । भारतिय संचारमाध्यमका अनुसार उनि मंगलबार बिहान घरको बाथरूममा लडेका थिए । उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनि ५४ बर्षका थिए ।
पछिल्लो समय इरफान पेटको समस्यासँग संघर्ष गर्दै थिए । उनलाई कोलोन संक्रमण भएको थियो । दुई बर्ष अघि उनलाई न्यूरो-एंडोक्राइन ट्युमर भनिने रोग लागेको पत्ता लागेको थियो । इरफान विदेशमा यो रोगको उपचार गरेर ठिक भएपछि भारत फर्केका थिए ।
उनले काम गरेको अन्तिम फिल्म ‘अंग्रेजी ‘मिडियम’ हो । इरफानले ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लन्च बक्स’, ‘पीकू’, ‘तलवार’,’तुलसी’ र ‘हिन्दी मीडियम’ जस्ता शानदार फिल्महरूमा काम गरेका छन् । उनले ‘हास्ता’ (नकारात्मक भूमिका), ‘लाइफ इन अ मेट्रो’ (सर्वश्रेष्ठ अभिनेता), ‘पान सिंह तोमर’ (सर्वश्रेष्ठ अभिनेता कृटिक) र ‘हिन्दी मिडियम (सर्वश्रेष्ठ अभिनेता) को फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए । उनलाई ‘पानसिंह तोमर’ का लागि राष्ट्रीय पुरस्कार दिइएको थियो । उनले कलाको क्षेत्रमा भारतको चौथो सर्वोच्च सम्मान पद्मश्री पनि पाएका छन् ।