कोरोना कहर : विश्वभर २ लाख २८ हजार भन्दा बढीको मृत्यु

बैशाख १८, २०७७


विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर रुपमा बढी रहेको छ ।

महामारीको रुप लिएको यो भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्र विश्वभर ८१ हजार ३ सय संक्रमित थपिँदा साढे ६ हजार व्यक्तिले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २८ हजार संक्रमित थपिँदा २ हजार ३६९ जनाको मृत्यु भएको छ ।

केही दिन रोकिएको कोरोना संक्रमण त्यहाँ फेरि तीव्र गतिमा फैलिन थालेको छ । अमेरिकामा हालसम्म १० लाख ६३ हजार संक्रमितमध्ये ६१ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

त्यस्तै स्पेनमा २ लाख ३६ हजार ८ सय व्यक्ति संक्रमित पुग्दा २४ हजार २ सयको मृत्यु भएको छ । इटालीमा २ लाख ३ हजार संक्रमितमध्ये २७ हजार ६ सयले ज्यान गुमाएका छन् ।

विश्वभर संक्रमितको संख्या ३२ लाख १७ हजार नाघेको छ । जसमध्ये ९ लाख ९९ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् भने २ लाख २८ हजारले ज्यान गुमाएका छन् ।