रहेनन् यी चर्चित भारतीय हास्य अभिनेता

चैत २५, २०७६


दक्षिण भारतीय कन्नड सिनेमाका चर्चित हास्य कलाकार बुलेट प्रकाशको आज ४४ वर्षको उमेरमा निधन भएको छ। उनको बेङ्लोरको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो। भारतीय संचारमाध्यमका अनुसार उनमा ग्यास्टिक तथा कलेजोको संक्रमण भेटिएको थियो। हाल एक्कासी ३५ किलो वजन घटेपछि उनमा विभिन्न स्वास्थ्य समस्या देखिएको थियो। जसका कारणले गर्दा उनले बितेका तीन महिना यता कुनै सिनेमा साइन नगरेको पनि भारतीय संचारमाध्यमले जनाएका छन्। सिनेमामा धेरैजसो उनलाई बुलेट बाइक चलाइरहेको देखाइने हुनाले उनले बुलेट प्रकाश उपनाम पाएका थिए। सन् २०१५ मा भारतीय जनता पार्टी प्रवेश गरेका बुलेटले ३०० बढी सिनेमामा काम गरेका छन्।