संसद विकास कोषको रकम कोरोना भाइरस रोकथाम कोषमा राख्न कांग्रेस नेताको आग्रह
चैत २७, २०७६
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका १२ जना नेताहरूले सांसद विकास कोषको रकम कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा राख्नुपर्ने बताएका छन्।
‘यस संकटको समयमा खर्च कटौती गर्न सांसद बिकास कोषको रकम कोरोनाभाइरस नियन्त्रण कोषमा राखिनु पर्दछ,’ बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा समेत कटौती गर्दै जनताको हितमा लगाउनु पर्दछ।’ उनीहरूले लकडाउन मात्र सबै समस्याको समाधान नहुने पनि उल्लेख गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्यहरू चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले निकालेको विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो।






