भारतमा कोरोना संक्रमणबाट २२७ जनाको मृत्यु, ६ हजार वढी संक्रमित

चैत २८, २०७६


छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ ।यस्तै भारतमा भाइरसबाट संक्रमित हुने मानिसको संख्या छ हजार सात सय २५ छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी पछिल्लो केही दिनयता भारतमा बढ्दो क्रममा देखिएको छ । अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् । त्यसमध्ये महाराष्ट्र सबैभन्दा प्रभावित बनेको छ ।

महाराष्ट्रमा अहिलेसम्म यो एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन् । साथै ९८ जनाको मृत्यु पनि भइसकेको छ । दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । अहिलेसम्म भारतमा छ सय २० संक्रमित निको भएका छन् ।